एजेन्सी – विश्वकप क्रिकेट अन्तर्गत आइतबार भारतविरुद्ध हुने खेलअघि एकजना भारतीय मूलका एक जना बलर घाइते भएका छन् । नेट अभ्यासका क्रममा अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले ब्याटिङ्ग गरेको बल लाग्दा उनी घाइते भएका हुन् ।


ADVERTISEMENT


वार्नरको बल टाउकोमा लागेपछि भारतीय बलर त्यहीनेर ढलेका थिए । त्यउसपछि घाइते बलरलाई स्ट्रेचरमा राखेर अस्पताल पुगाइएको छ । अस्पताल लिँदैगर्दा ती घाइते बलरले भने, ‘मलाई टाउकोमा चोट लागेको छ । तर म ठिक छु । मेरो नाम जय किशन हो र म तीव्र गतिको बलर हुँ ।’


ADVERTISEMENT

# # #


आईसीसीका प्रबन्धक माइकल गिब्सनका अनुसार जय किशनलाई २४ घण्टा डाक्टरको निगरानीमा राखिनेछ ।

बलरलाई चोट लागेपछि वार्नर निराश देखिएका थिए । उनी एक कुनामा गएर बसिरहे । तर बलरको स्वास्थ्य राम्रो रहेको बझेपछि टिममा फेरि अभ्यासका लागि जोडिएका थिए ।