काठमाडौं – सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गर्ने एक पक्राउ परेका छन् । काठमाडौं विशाल नगरस्थित ‘द अप्रेन्टिस फर्म प्रालि’ नामको ट्रेनिङ सेन्टरका संचालक नुवाकोटका ३४ वर्षीय प्रविन पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीका अनुसार पौडेलले मासिक तलव स्केल ६ सय ५० डलर हुने काममा उक्त ट्रेनिङ सेन्टरबाट सिंगापुर पठाइदिन्छु भन्दै प्रलोभन देखाई ठगी गरेका थिए । भारतको दिल्ली र लखनउमा पानीजहाजमा काम गर्नेलाई दिइने ‘सोलास’ नामक तालिम समेत गर्न लगाई नगद ठगेर सम्पर्कविहीन भएको भन्दै पीडितले उजुुरी गरेका थिए ।


ADVERTISEMENT

# # #


पौडेललाई प्रहरीले मकवानपुरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पौडेलले ३ सय जना भन्दा बढी मानिसहरुबाट उक्त रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उक्त ठगी कार्यमा अन्य मानिस समेतको संलग्नता रहेको भन्ने अनुसन्धानबाट खुल्न आएकोले उनीहरूको समेत खोजी भइरहेको सो महाशाखाले जनाएको छ ।