काठमाडौं– टाटा मोटर्स र यसको नेपालका लागी अधिकारिक बिक्रेता सिप्रदी ट्रेडीङ्गले मनसुनको अवसरमा मनसुन मेनिया कार्यक्रम आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


उक्त कार्यक्रम टाटा मोटर्सको थापाथली स्थीत अत्याधुनीक सोरुममा आषाढ ४ गते देखि सुरु भई ८ गते सम्म संचालन हुनेछ ।


ADVERTISEMENT

# # #


उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगाएतको गाडीहरु अबलोकन तथा टेष्ट ड्राइभ गर्न र जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्ज को सुविधा उपलब्ध गराएको छ ।

कार्यक्रममा नगद छुट, गाडीको एक्सचेन्जमा बिशेष सुविधा, प्रत्येक बुकिङ्गमा स्मार्ट फोन, प्रत्यक गाडिको मुल्याङ्कनमा इन्धन सुविधा र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगाएतका विशेष आर्कषणहरु रहेका छन ।