काठमाडौँ – प्रभु बैंकले ललितपुरको इमाडोलमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैँकले शुक्रबारदेखि कारोबार थालेको उक्त शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरे ।


ADVERTISEMENT


उद्घाटनपछि बोल्दै मेयर श्रेष्ठले इमाडोल शाखा कार्यालयबाट त्यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने भएको बताए ।


ADVERTISEMENT

# # #


इमाडोल शाखा समेत गरी बैँकले हालसम्म १८५ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।

आजदेखि सञ्चालनमा आएको उक्त शाखा कार्यालयबाट त्यहाँका उपभोक्ता लाभान्वित हुने र समग्र नगरवासीहरुको आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।