काठमाडौँ – नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। हिजोको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।


ADVERTISEMENT


बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भएको थियो । ठीक एक महिनाअघि जेठ ९ गते सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। एक महिनादेखि सुनको मूल्य निरन्तर उकालो लागिरहेको तथ्यांकले देखाउँछ। एक महिनाकै अवधिमा सुनको मूल्य ५ हजार ८ सय रुपैयाँले बढिसकेको छ।


ADVERTISEMENT

# # #


नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार शुक्रबारको मूल्य नेपाली सुन व्यवसायको इतिहासमा सबैभन्दा उच्च हो । मूल्य आकाशिएपछि बजारमा सुन किन्ने ग्राहक अत्यन्तै न्यून संख्यामा देखिएका छन् भने सुन बेच्ने ग्राहकहरुको संख्या बढेको बज्राचार्यले बताए ।

इरान र अमेरिकाबीच बढ्दो तनाव, अमेरिका-चीन व्यापार युद्धलगायतका कारणले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रभावित भएको उनले बताए ।