कैलाली – धनगढीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना परेका छन् । उनीहरुलाई शनिबार साँझ प्रहरीले  पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–१५ उर्मागाउँ बस्नेहरु २५ वर्षीय फट्टुलाल चौधरी, २३ वर्षीय बिजय चौधरी र सोही उपमहानगरपालिका–७ मनेहरा बस्ने २५ वर्षीय झगरु चौधरी रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार उनीहरुले बालिकालाई फकाएर से.१ प ३०७४ नम्बरको मोटरसाइकलमा जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए । प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।