भक्तपुर – भक्तपुर प्रहरीले सूर्यविनायक नगरपालिका ५ सल्लाघारीस्थित एक घरबाट ६ लाख १ हजार ६ सय पचासी रुपैयाँसहित १३ जना जुवाडेलाई शनिबार नियन्त्रणमा लिएको छ। विशेष सुराकीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार १३ जुवाडेलाई तास खेलिरहेकै अवस्थामा नियन्त्रणमा लिन सफल भएको थियो। उनले जुवाडेको साथबाट नगद ६ लाख १ हजार ६ सय पचासीसँगै १२ बुक तास, २ थान चेक र तास खेल्न प्रयोग गरिने अन्य सामान बरामद गरिएको जानकारी दिए


ADVERTISEMENT

# # #


उनीहरुलाई परिसर भक्तपुरको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।