काठमाडौँ – मलेसियामा हुने एशियन क्रिकेट काउन्सिल (एसीसी) पूर्वी क्षेत्र छनोटका खेल्ने नेपाली टोली घोषणा गरिएको छ । रोहित पौडेलको कप्तानीमा मंगलबार १४ सदस्यीय टोली घोषणा गरिएको हो ।


ADVERTISEMENT


टोलीमा चारजना नयाँ युवा खेलाडीले मौका पाएका छन् । नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), रित गौतम, पवन सर्राफ, भीम सार्की, कुशल मल्ल, रशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, हरि बहादुर चौहान र प्रतिष जिसी रहेका छन् । यस्तै खडक बोहरा, लोकेश बम, तिलक भण्डारी र विशाल विक्रम केसीले पहिलो पटक टिममा स्थान बनाएका हुन् ।


ADVERTISEMENT

# # #


आगामी जुलाई २ देखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । चीन, म्यानमार र सिंगापुर पनि समूह ‘ए’ मा नै रहेका छन् । नेपालले आफ्नो पहिलो खेल जुलाई २ मा म्यानमारविरुद्ध खेल्दैछ ।

यस्तै समूह ‘बी’मा आयोजक मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड छन् । प्रतियोगिताको विजेता टोली आगामी अगस्ट २८ देखि श्रीलंकामा हुने यू-१९ एशिया कपका लागि छनोट हुनेछ ।

८ वटा टोलीले प्रतिस्पर्धा गर्ने यू-१९ एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान हुनेछन् । यस्तै एशिया पश्चिम क्षेत्रबाट युएई र कुवेत यसअघि नै छनोट भइसकेका छन् ।