काठमाडौँ – युवतीमाथि कथित रुपमा ‘सिरिन्ज’ आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


काठमाडौंका विभिन्न स्थानमा साँझ पख र रातको समयमा बाटोमा हिडिरहेका युवतीमाथि सिरिन्ज प्रहार गरेको आरोपमा प्रहरीले विहीबार राती १ बजे काठमाडौंको महाराजगंजबाट एक युवालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


रामेछाप घर भइ महाराजगंजमा बस्दै आएका ३० वर्षका सन्तोष कार्कीलाई पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाको टोलीले उनलाई महाराजगञ्जबाटै पक्राउ गरेको हो ।

प्रहरीले निकै अनुसन्धान गरेर र आक्रमण भएका स्थानहरुको सिसिटिभी फुटेजका आधारमा कार्कीलाइ पछ्याएको थियो। पक्राउपछि उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् ।

कार्कीले आफुले सिरिन्ज नभइ किलाले युवतीलाई घोचेर भाग्ने गरेको बताएका छन् । केटीप्रतिको आकर्षणले आफूले यस्तो गर्ने गरेको उनको भनाई छ ।