काठमाडौँ– रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी र उज्ववल थापाले नेतृत्व गरेको विवेकशील नेपाली दलबीच एकता घोषणा आज हुने भएको छ । नयाँ बानेश्वरमा एक कार्यक्रमको आयोजना गरेर अहिलेसम्म एकताका लागि भएका प्रगतिका बारेमा जानकारी गराउने तयारी दुवै दलले गरेका छन् ।


ADVERTISEMENT


पार्टीको नाम विवेकशील साझा पार्टी र चुनाव चिन्ह तराजु राख्ने सहमति भएको जनाइएको छ । एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व हुनेछ । दुबैलाई सहसंयोजक पद दिइएको छ ।पार्टीको महाअधिवेशन पछि नेतृत्व बदलिने बातइएको छ । यस्तै पार्टीमा केन्द्रिय सदस्य ५१ जना रहने छन् । अहिले साझा र विवेकशीलबाट १७/१७ जना लिएपनि बाँकी पछि मनोनयन हुनेछन् ।


ADVERTISEMENT

# # #


पहिलो चरणको स्थानीय चुनाव अगाडि पनि दुई पार्टीले एकता प्रयास गरेका थिए । तर, एकीकृत पार्टीलाई विवेकशीलका उज्ववल थापाले नेतृत्व गर्ने कि साझा पार्टीका रविन्द्र मिश्रले भन्नेमा कुरा मिलेको थिएन । अहिले दुवै पार्टीको नेतृत्व तहलाई समायोजन गर्ने र सामुहिक नेतृत्वमा अघि बढ्ने विषयमा सहमति भएको छ ।