काठमाडौं – धर्मगुरु गुरु रामबहादुर बम्जन तीन वर्षको लागि महाध्यानमा बसेका छन् ।


ADVERTISEMENT


कमलामाई नगरपालिका वडा नम्बर–८ पैरे सिन्धुलीमा रहेको आश्रम–काजोक्पामा उनी यही असार १ गतेदेखि पुनः तीन वर्षका निम्ति ध्यानमा बसेको बोधि श्रवण धर्म संघले जनाएको छ ।


ADVERTISEMENT

# # #


संघले बिहीवार राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । विश्व शान्तिको निम्ति बम्जन पुनः महाध्यानमा बसेको संघले जनाएको छ ।

उक्त महाध्यान समय अवधिभित्र अनेक विशिष्ट पूजाआजा र शिष्यहरुलाई धार्मिक प्रशिक्षण प्रदान गरिने पनि संघले स्पष्ट पारेको छ ।