काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगन थापाले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएकोमा सरकारको आलोचना गरेका छन् ।

आइतबार संसदको शून्य समयमा बोल्दै सांसद थापाले जनताले महंगो तरकारी खाएर होस् वा तिहुन विनाको भोजन खाएर साथ दिएपनि सरकार भारतीय दबाबमा थला परेको गगनले बताए । उनले भने, लागेको थियो, बिलम्ब नगरी भन्सार बिन्दुमा पूर्वाधार बनाउने छ र मेरो देशमा विषादी परीक्षण नगरी तरकारी र फलफूल भित्रिन दिइने छैन भनेर गर्जेला भन्ठानेको त पारीबाट आएको मन्द खोकीको आवाजले नै थला पो पर्यो हाम्रो सरकार ।’ ।

उनले भारतबाट आउने फलफूल र तरकारी मात्र होइन, नेपालबाट जाने चिया र अलैंचीबारे पनि हिसाव किताब होला भन्ने लागेको भए राष्ट्रवादीको छवी बनाएका प्रधानमन्त्री र सरकार भारतीय दबाबसामू निरीह देखिएको बताए ।

प्रधानमन्त्रीको मान राख्न मास्क नलागाई हिँडेको र अब विषादी भएकै तरकारी खाइदिने भन्दै उनले भने, ‘प्रधानमन्त्रीलाई यति मात्र सोध्न बाँकी छ, तपाईंको राष्ट्रवादी खुट्टा देखिएकै थियो । घुँडामा कत्रो भ्वाङ परेको छ ?’

यस्तो भनेका थिए गगनले


ADVERTISEMENT


सरकारले विषादी परीक्षण गर्नुपर्ने निर्णय लागू गर्यो । आवश्यक पूर्वाधारबिना काम सुरु गरेकोले अप्ठ्यारो र झण्झडमुक्त हुने नै भयो । तर, पनि काम सहि भएकोले केही समयका लागि महंगो तरकारी खाएर होस् या तिउन बिनाको भोजन गरेर होस् सरकारको निर्णयमा समर्थन गर्न तयार भएकै थियौँ ।


ADVERTISEMENT

# # #


हाम्रो साथ पाएपछि लागेको थियो, आफ्नो निर्णयमा सरकार अडिरहनेछ । बिलम्ब नगरी भन्सार बिन्दुमा पूर्वाधार बनाउने छ र ठोकेर भन्नेछ, ‘मेरो देशमा विषादी परीक्षण नगरी तरकारी र फलफूल भित्रिन दिइने छैन । अझ जनताको साथ पाएपछि पारीबाट वारी आउने फरफूल र तरकारीसंगै वारीबाट पारी जाने चिया र अलैँचीको पनि हिसाब किताब हुनेछ’ भनेर गर्जेला भन्ठानेको त पारीबाट आएको मन्द खोकीको आवाजले नै थला पो पर्यो हाम्रो सरकार । यति भनेपछि के भन्नु र सम्मानीय सभामुख महोदय ।

प्रधानमन्त्रीको बोलीको मान राख्न माक्स नलगाई विषाक्त हावा त सेवन गरेकै थियौँ, अब सरकारको निर्णयको मान राख्न परीक्षण बिनाको तरकारी र फलफूल पनि खाइदिउँला । सम्मानीय सभामुख मार्फत प्रधानमन्त्रीलाई यतिमात्र सोध्न बाँकी छ, ‘तपाईंको राष्ट्रवादी राष्ट्रवादी खुट्टा देखिएकै हौ, घुँडामा भ्वाङ कत्रो परेको छ बताइदिनुहुन्छ कि ?’