गाले– प्रारम्भिक ब्याट्सम्यान शिखर धवनको उत्कृष्ट १ सय ९० र चेतेश्वर पुजाराको अविजित १ सय ४४ रनको सहयोगले भारतले बुधबारदेखि श्रील‌काविरुद्भ सुरु भएको पहिलो टेस्टमा प्रभावशाली सुरुवात गरेको छ। पुजाराको टेस्टमा १२ औं सतक हो। धवनको पाँचौ थियो।


ADVERTISEMENT


पहिलो दिनको खेल समाप्त हुँदा भारतले ३ विकेट गुमाएर ३ सय ९९ रन बनाएको छ। चेतेश्वर पुजारा १ सय ४४ र अजिङ्क रहाणे ३९ रन बनाएर अविजित छन्।


ADVERTISEMENT

# # #


अभिनव मुकुन्द ९१२० छिटै आउट भएपछि दोस्रो विकेटका लागि चेतेश्वर पुजारा र धवनले मिलेर २ सय ५३ रनको साझेदारी गरेका थिए। कप्तान विराट कोहली ३ रनमा आउट भए। पुजारा र रहाणेले चौथो विकेटका लागि अविजित १ सय १३ रनको साझेदारी गरेका छन्। भारतविरुद्ध ३ वटै विकेट नुवान प्रदीपले लिएका थिए। एजेन्सी