काठमाडौं – शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोले किच्दा काभ्रे र रामेछापमा गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।


ADVERTISEMENT


काभ्रेको नाला भन्ने ठाउँमा पहिरोले किचेर २ जनाको र रामेछापमा १ जनाको मृत्यु भएको आईजी सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यस्तै काभ्रेमा पहिरोले किच्दा ३ जना घाइते भएको एसपी थापाले बताए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पानी पर्न नरोकिए बाढी र पहिरोबारे सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय काभ्रेले आग्रह समेत गरेको छ ।