भक्तपुर– नागपञ्चमीको अवसरमा आज भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।


ADVERTISEMENT


प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन यहाँ मेला लाग्ने गर्छ । नागपञ्चमीको दिन चाँगुनारायण मन्दिरबाट फर्किएर आ–आफ्नो घरको मूलढोकामाथि गाईको गोबरले नाग टाँसी दुबो, रायोको गेडा र गाईको दूध चढाउने परम्परा छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी आजै भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायण र वाखुपति नारायणको मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । भक्तपुरको थालाछेंस्थित नागपोखरीमा पनि नागको पूजा गरी पञ्चमी मनाउनेको घुइँचो लागेको छ ।