काठमाडौँ – नेपाली सेनाले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनलाइसिस विङ (रअ)का प्रमुखलाई प्रधान सेनापति पूर्णचन्द्र थापाले नभेटेको स्पष्ट पारेको छ ।


ADVERTISEMENT


सञ्चारमाध्याममा प्रधानसेनापति थापाले ‘रअ’ प्रमुखलाई भेटेको भनेर प्रकाशित समाचार प्रकाशित भएपछि नेपाली सेनाले विज्ञप्तीमार्फत ध्यानाकर्षण जनाएको हो ।


ADVERTISEMENT

# # #


केही अनलाइनमा भ्रमपूर्ण र मनगढन्ते समाचार छापिएको उल्लेख गर्दै नेपाली सेनाले विज्ञीमा भनेको छ, ‘उक्त समाचारहरु सरासर झुटो, मनगढन्ते एवं सुनियोजित भएको तथ्य अवगत गराउदै प्रकाशित समाचारहरु प्रति नेपाली सेना गम्भीर आपत्ति प्रकट गर्दछ ।’ आधिकारिक निकायसँग सूचनाको विश्‍वसनीयता प्रमाणित नगराई सस्तो लोकप्रियताका लागि ती अनलाइनहरुले समाचार सम्प्रेषण गरेको नेपाली सेनाले बताएको छ ।

‘राष्ट्रकै संवेदनशील संस्थाको तेजोवध गर्नकै लागि गलत नियतसहित प्रकाशित सामग्री प्रति नेपाली सेना खेद प्रकट गर्दछ’ विज्ञप्तीमा भनिएको छ । ‘रअ’का प्रमुख सामन्त गोयल गत शनिबार नेपाल आएका थिए । सोमबार भारतफर्किनुअघि उनले प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरुलाई भटेको समाचार बाहिरिएका थिए ।