काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ । काठमाडौं–१६, बालाजु चोकमा पाइपलाइनमा काम गर्दा पुरिएर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।


ADVERTISEMENT


सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए।


ADVERTISEMENT

# # #


सहोदर दाजुभाइ दुवैलाई चिन्ताजनक अवस्थामा बिहान साढे १० बजे उद्धार गरिएको थियो।