काठमाडौँ – कृषि विकास बैंक नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवर्द्धित नेपाल क्लियरिङ्ग हाउसले संचालनमाल्याएको ‘कनेक्ट आइपीएस इ–पेमेन्ट’ मा आवद्ध भएको छ । बैँकले उक्त प्रणालीमा आवद्धभएर आजदेखि कारोबार सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


अब कृषि विकास बैंकका ग्राहकले पनि यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानी कारोबारहरु गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने भुक्तानीसेवाहरु प्राप्त गर्न सक्नेछन् । हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

सेवा प्रदायकहरुको पोर्टलमा कनेक्ट आइपीएसको पेमेन्ट प्रोसेसर (गेटवे), अथवा  www.connectips.com अथवा मोबाईल एपको प्रयोग गरी भुक्तानी गर्न सक्ने व्यवस्था रहेको बैँकले जनाएको छ ।

‘कनेक्ट आइपीएस इ–पेमेन्ट’ प्रणालीमा हालसम्म ५१ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी उक्त सेवा उपलब्ध गराइरहेका छन् ।