काठमाडौं – चलचित्र ‘हजार जूनीसम्म’को शीर्ष गीत सार्वजनिक गरिएको छ । भारतीय गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा सहभागी भएर चौथो स्थान हासिल गरेका आयुष केसीले उक्त गीतमा स्वर दिएका छन् । ओरिजीनल गीतमा भने गायक उदय स्वताङको स्वर छ ।


ADVERTISEMENT


स्वताङको स्वरमा रहेको उक्त गीतलाई चलचित्रमा आयुषको स्वरमा रिअरेन्ज गरिएको हो । गीतमा पवन चाम्लिङ्गको शब्द र योगेन्द्र घतानीको संगीत छ । गीतमा उदयको आवाजमा नायक आर्यन सिग्देललाई फिचरिङ गरिएको छ भने आयुषको आवाजमा बाल–कलाकार अनुभव रेग्मीलाई फिचरिङ गरिएको छ ।


ADVERTISEMENT

# # #


गीतमा चलचित्रका मुख्य कलाकार आर्यन सिग्देलको एकतर्फी प्रेमलाई दर्शाएको छ । चलचित्र ‘हजार जूनीसम्म’मा आर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइटेल, अनुभव रेग्मी, सलोन बस्नेत, अभिषेक प्रधान, शिवहरि पौडेलको अभिनय रहेको छ ।