काठमाडौँ – नेपाली क्रिकेटर सन्दीप लामिछानेले मंगलबार बिहान एउटा ट्वीट गरे । जसमा उनले आफूलाई अमेरिकी दूतावासले त्यहाँको भिसाका लागि गरिएको निवेदन अस्वीकृत गरेको उल्लेख गरेका थिए ।


ADVERTISEMENT


अमेरिकाका लागि भिसा नपाउँदा आफू छक्क परेको भन्दै उनले क्यारेबियन प्रिमियर लिगमा सहभागिता जनाउन गाह्रो हुने भनेर उनले गुनासो गरेका थिए । सन्दीपको ट्वीटपछि त्यसले सबै मिडियामा स्थान पाएको छ भने सामाजिक सञ्जाल तातेको छ ।


ADVERTISEMENT

# # #


कतिपयले सन्दीपजस्ता प्रतिष्ठित व्यक्तिले भिसा नपाउनु दुर्भाग्य रहेको उल्लेख गरेका छन् । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले फेसबुकमा स्टाटस लेख्दै देश समृद्ध नभएसम्म यस्ता घटना दोहोरिरहने बताएका छन् । विगतमा पनि कयौँ प्रतिष्ठित नेपालीको भिसा अस्वीकृत भएको भन्दै उनले यो उनीहरुका मात्र नभई देशको अपमान भएको बताएका छन् ।

मिश्रले भनेका छन्, ‘सन्दीप लामिछाने भिसा प्रकरणः देश सम्पन्न भएन भने यस्ता घटना दोहरी रहन्छ। सन्दीपजस्तै कयौँ प्रतिष्ठित नेपालीको भिसा अस्विकृत भएको छ। यो उनीहरूको मात्र होइन, देशकै अपमान हो। गरिव देशका नागरिकले बारम्बार यस्तो अपमान ब्योहर्नु पर्छ। भ्रष्टाचार घटाउँ, देश बनाउँ, सबै ठिक हुन्छ।’

यस्तै आइ आलु नामका प्रयोकर्ताले व्यं्ग्यात्मक रुपमा भनेका छन्, ‘अस्ति न त्यो ७ विकेट झार्देको राहुल विकले हो । सन्दिप लामिछानेले हैन भन्देओ त कसैले । एम्बेसीले भिसा दिन्छ ।’ उनले सन् २०१० को घटनालाई सम्झाउन खोजेका छन् । सन् २०१० मा कीर्तिपुर क्रिकेट मैदानमा भएको विश्व क्रिकेट लिग डिभिजन पाँचमा नेपालले अमेरिकालाई पाँच विकेटले हराउँदै भिडिजन चारमा उक्लिएको थियो । जसमा नेपाली बलर राहुल विश्वकर्मा एक्लैले सात विकेट लिएका थिए ।

यस्तै आरके रोमश नामका प्रयोर्ताले अमेरिकाले सन्दीपको भिसा अस्वीकृत गरेर नेपाली खेलाडीको अपमान गरेको भन्दै एकपटक आफ्ना निर्णयमा पुनर्विचार गर्न नेपालस्थित अमेरिकी राजदूतावासलाई अपील गरेका छन् ।

कसले के भने ?