काठमाडौँ – नेपालस्थित अमेरिकी दूतावासले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई ‘भिसा रिभ्यू’का लागि बोलाएको छ । यसअघि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।


ADVERTISEMENT


सन्दीपका व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दीपलाई अमेरिकी दूतावासले ‘भिसा रिभ्यू’का लागि बोलाएको हो । सन्दीप अहिले दूतावास पुगेका छन् ।


ADVERTISEMENT

# # #


मंंगलबार बिहान अन्तर्वार्ताका लागि दूतावास पुगेका सन्दीपलाई भिसाका लागि दिइएको निवेदन अस्वीकृत भएको जानकारी गराइएको थियो । भिसा निवेदन अस्वीकृत भएपछि उनले ट्वीट गर्दै क्यारेवियन प्रिमियर लिग गुमाउन सक्ने भन्दै निराशा व्यक्त गरेका थिए ।

‘सन्दीपलाई भिसा नदिनु उनको मात्रै होइन, देशकै अपमान’

उक्त खबर मिडिया र सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सन्दीपले अमेरिकाको भिसा पाएनन्, सीपीएल गुमाउन सक्ने

सन्दीप आगामी सेप्टेम्बर ४ देखि सुरु हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी २० क्रिकेटमा सहभागी हुँदैछन् । जसमा उनी बार्बाडक ट्राइडेन्सबाट खेल्दैछन् । त्यसका लागि उनी अमेरिका हँुदै जानुपर्ने र सीपीएलको फाइनल पनि अमेरिकामा हुने भएकाले अमेरिकाको भिसाका लागि निवेदन दिन गएका थिए ।