काठमाडौँ, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज साँझ ५ बजे जनताको नाममा सम्बोधन गर्ने भएका छन्।


ADVERTISEMENT


प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार चुनावको मिति घोषणा, संविधान संसोधन विद्येयक लगायतका विकसित राजनीतिक घटनाक्रममाथि प्रधानमन्त्रीको सम्बोधन गर्ने छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री दाहालले सम्बोधन सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट नै गर्ने भएका छन् । सरकारले फागुन ९ गते चुनावको मिति घोषणा गरेपनि संविधान संसोधन लगायतका विषयमा मधेशी मोर्चा लगायतका केही शक्तिले चुनावमा सहभागीता नजनाउने बताएका छन् ।

निर्वाचनको मिति घोषणा गरेलगत्तै मधेशी मोर्चाले चुनाव बहिष्कार गर्ने र त्यसको विरुद्धमा सशक्त आन्दोलन गर्ने घोषणा गरेको अवस्थामा अब के हुन्छ ? भनेर जनतामा कौतुहलता देखिएको थियो। यी सबै चासोका बारेमा आजको प्रधानमन्त्रीको सम्बोधनले चिर्ने बुझिएको छ

संघीय समाजवादी फोरम र नयाँ शक्तिले संयुक्त विज्ञप्ती निकाल्दै चुनावको मिति फिर्ता लिन माग गरेका छन् ।