काठमाडौँ, फागुन १७ । संसारकै सार्वाधिक प्रतिष्ठित र कम विवादमा पर्ने आस्कर अवार्डको ८९ औँ संस्करणको ट्रफी वितरणका कारण आइतबार साँझ रंगीन बन्यो यस पटक ओस्कर इतिहासमै सार्वाधिक १४ विधामा मनोनयनमा परेको ‘ला ला ल्याण्ड’ ले नै उत्कृष्ट फिल्मको अपार्ड जित्ने पूर्वानूमानलाई गलत सावित गर्दै ‘मुनलाइट’ ले बाजी मारेको छ ।


ADVERTISEMENT


उत्कृष्ट फिल्मको अवार्ड जितेपनि ‘मुनलाइट’ ले स्कृनप्ले र सहअभिनेतामै चित्त बुझायो । उता सात अवार्डसहित वर्चस्व भने ‘ला ला ल्याण्ड’ ले नै देखायो । यसअघि गोल्डेन ग्लाबमा समेत मनोनीत सावटै विधामा अवार्ड जितेर आफ्नो पक्षमा माहोल बनाएको ‘ला ला ल्याण्ड’ ले ब्रिटिस फिल्म अवार्डमा पनि सार्वाधिक ११ विधामा मनोनीत हुँदै उत्कृष्ट फिल्म, निर्देशन, अभिनेत्री, सिनेमाटोग्राफी र म्युजिकमा अवार्ड हत्याएको थियो ।
‘ला ला ल्याण्ड’ उत्कृष्ट घोषित नभएपनि यसले निर्देशन, अभिनेत्री, आर्जिनल स्कोर, सिनेमाटोग्रफी, प्रोडक्सन, डिजाइन र ओर्जिनल संङ गरी ६ विधामा बाजी मारेको हो । रायन गोस्लिङ र एम्मा स्टोन अभिनित म्युजिकल रोमान्टिक कमेडी ड्रामा ‘ला ला ल्याण्ड’ एक संगीतकारसंग प्रममा परेकी नायिकाको कथामा आधारित छ । वेरी जेन्किन्स निर्देशित ‘मुनलाइट’ले भने एक अस्वेत अमेरिकी मान्छेको जीवालाई बच्चा, वयस्क र वृद्धगरी तीन चरणमा भन्ने प्रयास गरिएको छ ।


ADVERTISEMENT

# # #


गतवर्ष ओस्करलाई अस्वेत कलाकारप्रति अनुदार भएको आरोप लगाइरहेका बेला यस पटक भने अस्वेतकै कथामा बनेको फिल्म उत्कृष्ट ठहरिएको हो । १५ लाख डलरमा बनेको ‘मुनलाइट’ नै ओस्करमा अहिलेसम्मकै कम बजेटको उत्कृष्ट फिल्म बन्न पुगेको छ । लस एन्ज लसको डल्बी थिएटरमा आयोजित भव्य समारोहमा अभिनेता तर्फको अवार्ड भने केसी एफ्लेकले फिल्म ‘मेनचेस्टर वाई द सी’ का लागि जिते भने निर्देशकमा आस्कर जित्नेमा ‘ला ला ल्याण्डका’ डामिएन सेजेल भने उक्त विधामा अवार्ड जित्ने अहिलेसम्मकै कान्छो हुन् । ३२ वर्षीय सेजेलको यो तेस्रो फिल्म हो ।

विश्वभरका दर्शकले प्रत्यक्ष हेरिरहेको ओस्कर समारोहमा सार्वाधिक प्रतीक्षित बनेको उत्कृष्ट फिल्मको नाम घोषणमा गल्ती भएपछि हल्लीखल्ली मच्चीएको थियो । अवार्ड प्रिजेन्टरले उत्कृष्ट फिल्मको लागि मुनलाइट घोषणा गर्नुपर्नेमा ‘ला ला ल्याण्ड’को नाम घोषणा गरेपछि अन्योल उत्पन्न भएको हो ।