काठमाडौं– मंगलबार सुनको मूल्य रु ५०० ले बढेको छ ।


ADVERTISEMENT


अघिल्लो दिन छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएकोमा मंगलबार रु ५०० ले बढेर तोलामा ७२ हजार ५०० मा कारोबार भएको हो । यसैगरी तेजावी सुन ७२ हजार २०० मा कारोबार भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै चाँदी तोलामा रु ८९५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन चाँदी रु ८८५ मा कारोबार भएको थियो ।