रुकुम (पश्चिम) – आफ्नै श्रीमती २६ वर्षीया कमला बुढाथोकी खड्कालाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका(३ गोगनपानी बस्ने २८ वर्षीय नविन खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


निज खड्काले आफ्नै श्रीमती कमला बुढाथोकी खड्कालाई धारिलो हतियार खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।