काठमाडौँ – श्रीलंकामा जारी यू-९ एशिया कपमा नेपालले बंगलादेशलाई २६२ रनको चुनौति दिएको छ । ओपनर पवन सर्राफ र सन्दीप जोराको अर्धशतकमा नेपालले बंगलादेशलाई सम्मानजनक चुनौति दिएको हो ।


ADVERTISEMENT


कोलोम्बोस्थित पी सारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६१ रन बनायो । नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याउन पवन सर्राफले सम्हालिएको प्रर्दशन गरे । र्अधशतक बनाएका उनले १०९ बलमा ८ चौका र एक छक्कासहित ८१ रन प्रहार गरे ।


ADVERTISEMENT

# # #


ओपनर पवन सर्राफ र रित गौतमले नेपाललाई मध्यम गतीको सुरुवात दिलाएका थिए । रित गौतम व्यक्तिगत ३२ रनमा आउट हुनुअघि उनीहरुले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरे । त्यसपछि आएका आशिफ सेख सस्तैमा आउट भए । उनले १३ बलमा जम्मा ३ रन हाने ।

सुस्त गतिमा रहेको नेपाली इनिङलाई कुशल मल्लले उकास्ने प्रयास गरे । उनले पवन सर्राफसंग ३९ रनको साझेदारी गर्दा ३३ बलमा ३ छक्का र एक चौकासहित २८ रन बनाए ।

यस्तै कप्तान रोहित कुमार पौडेलले २६ बलमा एक चौकासहित १४ रन हाने । उनले पवन सर्राफसंग मिलेर ६६ रनको साझेदारी गरेपनि कुनैबेला २६.५ ओभरमा ३ विकेट गुुमाउँदा ९३ रनमा रहेको नेपाल ३७.२ ओभरमा ४ विकेटको क्षतीमा १५९ को अवस्थामा पुगेको थियो । त्यसपछि आएका सन्दीप जोरा र भीम सार्की आक्रामक साझेदारी गरे । उनीहरुले छैटौँ विकेटका लागि ४७ बलमा ७१ रन ठोके ।

त्यसक्रममा ३२ बलमा नै अर्धशतक पूरा गरेका सन्दीप ३७ बलमा ३ चौका र ३ छक्कासति ५६ रनमा आउट भए । यस्तै भीम सार्कीले १९ बलमा २ चौकाको मदतमा २१ रन जोडे । यस्तै कमलसिंह ऐरी ९ र हरि चौहान १ रनमा नटआउट रहँदा राशिद खान ६ ले रन रन जोडे ।

बंगलादेशका लागि मोहम्मद तान्जिम हसन र मोहम्मद साहिम आलमले समान २–२ विकेट लिए । मोहम्मद मृत्युन्जय, राकिबुल हसन, मिन्हुजुर रहमान र मोहम्मद तावहिद ह्रिदयले समान १-१ विकेट हात पारे ।

अघिल्लो चरणको यात्रा जीवित राख्नका लागि नेपाललाई आज जित्नैपर्ने दबाब रहेको छ । यसअघि नेपालले पहिलो खेल श्रीलंकासंग ५ विकेटको हार व्यहोरेको थियो । बंगलादेशले जवाफी ब्याटिङ गर्दैछ ।