काठमाडौं । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले गत भाद्र २१ गते कोटेश्वर बहुुमुखी क्याम्पसको नवनिर्मित क्याम्पस भवनको उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्रमन्त्री एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डे, पूर्व परराष्ट्र सचिव मदन भट्टराई, जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य लगायतका राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागिता थियो ।


ADVERTISEMENT


सन् १९९० मा स्थापना भएको कोटेश्वर बहुुमुखी क्याम्पस काठमाडौं जिल्लाको कोटेश्वरमा अवस्थित छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो क्याम्पस गैर नाफामुखी, गैर सरकारी र सेवामुखी सामुदायिक क्याम्पस हो । यस क्याम्पसले स्नातक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकी सङ्काय र स्नातकोत्तर तहमा व्यवस्थापन सङ्कायका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस क्याम्पसले उच्च माध्यमिक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकी सङ्कायका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस क्याम्पसमा करिब ३ हजार ७ सय विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६०% छात्रा रहेका छन् ।


ADVERTISEMENT

# # #


भारत सरकारको ४.५१ करोड रुपैंया अनुदान सहयोगमा निर्मित यस तीनतल्ले नयाँ संरचनामा १८ वटा कक्षाकोठा लगायत क्याम्पस प्रमुख, परीक्षा शाखा, प्रशासन शाखा, लेखा शाखाका लागि छुट्टै कक्षहरु रहेका छन् । साथै छात्र र छात्राका लागि छुट्टै शौचालयको व्यवस्था रहेको छ ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारलको प्रयासलाई पूर्णता दिने पूरकको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएको माभारत सरकारले खुशी व्यक्त गरेको छ ।