काठमाडौं । बुधबार चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका सरकारद्वारा प्रतिबन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द रिहा भएका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ए सपी दानबहादुर मल्लले पक्राउ परेका प्रकाश चन्दलाई रिहा गरिएको पुष्टि गरे ।


ADVERTISEMENT

# # #


चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच बिहान भएको झडपको क्रममा उनीहरु पक्राउ परेको थिए

प्रकाशले केही दिनदेखि विभिन्न माग राखी चितवन मेडिकल कलेजका विद्यार्थीहरुले गरिरहेको आन्दोलनको अगुवाइ गर्दै आएका थिए ।