भैरहवा – रुपन्देहीमा रोहिणी गाउँपालिका–३ स्थित रोहिणी गोला नजिक गोली चलेको छ। अज्ञात समूहले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।


ADVERTISEMENT


प्रहरीका अनुसार गोली लागेर ओमसतिया ५ पट्खौलीका करिब ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको छ । मृतकको कुर्मीको बायाँ कुममा गोली लागेको छ ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार मृतक कुर्मी श्रीमतीसँग लु९प ८२३५ नम्बरको मोटरसाइकलमा थिए। मोटरसाइकलमै रहेका दुई जनाले गोली हानेको प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने समुहले उनको साथमा रहेको पाँच लाख लुटेर लगेको छ ।

मृतक कुर्मीले भैरहवास्थिती एक बैंकबाट रकम निकालेर आफ्नो घरतर्फ जाने क्रममा मोटरसाइकलमा सवार दुईजना युवाले उनलाई गोली हानी रकम लुटेर फरार भएको संघीय इकाइ प्रहरी कार्यालय भैरहवाका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक चन्द्र थापाले जानकारी दिए।