काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले हस्तक्षेप गरेपनि अन्योल बनेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय निर्वाचन अब भने असोज दोस्रो साता पक्का हुने भएको छ । राखेप र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)बीच सोमबार सहमति भएसंगै निर्वाचन टुंगिएको हो ।


ADVERTISEMENT


यसअघि आइसीसीको स्वतन्त्र कमिटीले क्यानको असोज ३ र ४ गते अधिवेशन गर्नेगरी सूचना जारी गरेको थियो । तर, निर्वाचनका लागि राखेपसंग सहमति नगरेको, राखेपको नेतृत्वमा निर्वाचन कमिटी नबनाएर नियम विपरित निर्णय गरेको भन्दै निर्वाचन हुन नदिने निर्णय गरेको थियो । तर, आईसीसीका उपाध्यक्ष इमरान ख्वाजा र अमर शेख र राखेपका सदस्य सचिव रमेश सिलवालबीच सोमबार काठमाडौंमा भएको वार्ताले सहमती जुटाएको हो ।


ADVERTISEMENT

# # #


समाधानको संघारमा पुगेको विवाद बल्झिने अवस्था आएपछि आईसीसीका उपाध्यक्ष ख्वाजा र स्वतन्त्र टोलीमा रहेका शेख नेपाल आएका हुन् ।

सहमति अनुसार अब असोज १० र ११ मा विशेष साधारणसभा हुनेछ, जसले नेपाली क्रिकेटलाई नयाँ नेतृत्व प्रदान गर्नेछ । क्यान तीन वर्षदेखि आइसीसीको निलम्बनमा रहेको छ । आइसीसीले राजनीतिक हस्तक्षेप र अनियमितता भएको भन्दै क्यानलाई सन् २०१६ अप्रिलमा निलम्बन गरेको थियो ।