काठमाडौँ – प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकबीच संयुक्त कारोबार सुरु भएको छ । आइतबार एक समारोह बीच प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्र दाश श्रेष्ठले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्तिपश्चातको एकीकृत कारोबारको शुभारम्भ गरेका हुन्।


ADVERTISEMENT


कार्यक्रममा प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर तथा दुवै वित्तीय संस्थाका संचालकहरु र बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


बैंकले बिभिन्न बित्तिय संस्थाहरुलाई मर्जर-प्राप्ति समेत गरी आफ्नो पूँजी बढाउने योजना अन्तर्गत कन्काई विकास बैंकसंग एकीकृत कारोबार सुरु गरेको हो । यी दुई बैंकहरुको प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी रु. ९.६८ अर्ब पुगेको छ भने निक्षेप रु. ८८.०३ अर्ब तथा कर्जा ८०.२८अर्ब पुगेको बैँकले जनाएको छ । प्राप्तिपश्चातका बैंकको कुल शाखा संख्या ९५ पुगेको छ ।