धनुषा– नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका सात गाईगोरुसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ का १९ वर्षीय नजाम अन्सारी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT


प्रहरी चौकी रघुनाथपुरको टोलीले अन्सारीलाई सोनमा गाउँपालिका–३ बाट गाईगोरुसहित नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक कारवाहीका लागि छोटी भन्सार कार्यालय सम्सीको जिम्मा लगाइएको छ । रासस


ADVERTISEMENT

# # #