काठमाडौँ, फागुन १७ । नेत्रविक्रम चन्द विप्लव निकटको अखिल क्रान्तिकारी, एमाले निकटको अखिल र नेपाली कांग्रेस निकटको नेविसंघको तालाबन्दीका कारण त्रिभुवन विश्वविद्यालयका ६० आंगिक क्याम्पसमध्ये २२ ओटा क्याम्पसमा मात्रै आज स्ववियु निर्वाचन भइरहेको हो ।


ADVERTISEMENT


त्रिविले काठमाडौँ उपत्यकाका नौ आङ्गिक क्याम्पसमा आज स्ववियु निर्वाचन सुरु गरेको छ ।


ADVERTISEMENT

# # #


जनप्रशासन क्याम्पस, आयुर्वेद क्याम्पस, चिकित्साशास्त्र अध्ययन संस्थान, नर्सिङ क्याम्पस, सानोठिमी क्याम्पस, भक्तपुर क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र सहिद आदर्श क्याम्पसमा बिहान ९ बजेदेखि निर्वाचन सुरु भएको विश्वविद्यालय अन्तर्गत निर्वाचन समितिका संयोजक गङ्गा थापाले जानकारी दिनुभयो । मतदान साँझ ४ बजेसम्म हुने छ ।

अनेरास्ववियुका सचिव आरसी लामिछानेले ‘अनेरास्ववियुका वर्चस्व रहेका अधिकांश क्याम्पसमा अन्य सङ्गठनले अवरोध गरेका कारण’ चुनाव हुन नसकेको बताउँदै वार्ता गरी चाँडो निर्वाचन गराउने वातावरण बनाउन विद्यार्थी सङ्गठनहरुसँग आग्रह गर्नुभयो ।
भद्रपुर–मेची बहुमुखी क्याम्पस भद्रपुरमा आज बिहान ८ बजेदेखि स्ववियु निर्वाचन शान्तिपूर्वक भइरहेको छ ।करिब आठ वर्षपछि स्ववियु निर्वाचन आज भइरहेको छ ।

यसैगरी पोखराका ५ क्याम्पसमा मात्रै मतदान भएको छ तर सबैभन्दा धरै विद्यार्थी भएको पृथ्वीनारायण (पीएन) क्याम्पसमा भने सहमति हुन नसक्दा निर्वाचन हुनसकेको छैन । विराटनगरमा तीन क्याम्पसमा तालाबन्दी छ ।

बिराटनगरको महेन्द्र मोरङ क्याम्पसमा मधेसी मोर्चा आवद्ध विद्यार्थी संगठनले तालाबन्दी गरेको छ । त्यस्तै बिराटनगरकै डिग्री क्याम्पस र कोशी नर्सिङ क्याम्पसमा पनि मधेसी मोर्चा आवद्ध विद्यार्थीले नै तालाबन्दी गरेका छन् ।

उर्लाबारी क्याम्पसमा संघीय समाजवादी फोरम आवद्ध विद्यार्थी संगठनले लगाएको ताला खुलेको छ र मतदान सुरु भएको छ । त्यसैगरी कोशी हरैंचा नगरपालिकामा अवस्थित सुकुना क्याम्पसमा पनि स्ववियु चुनाव हुने भएको छ । विप्लव माओवादी निकट विद्यार्थी संगठनले लगाएको ताला खोल्ने सहमति भएको छ र मतदान सुरु भएको छ ।

काठमाडौंका धेरै विद्यार्थी रहेका क्याम्पसहरु शंकरदेव, त्रिचन्द्र नेपाल कमर्स, रत्न राज्यलक्ष्मी, त्रिवि केन्द्रीय क्याम्पस लगायतका क्याम्पसमा भने विभिन्न विद्यार्थी संगठनले गरेको तालाबन्दीका कारण आज स्ववियु चुनाव हुन सकेन ।