काठमाडौँ – साफ यु-१८ च्याम्पियनसिपमा नेपाल आफ्नो दोस्रो खेलमा भुटानसँग पराजित भएको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा आइतबार भएको खेलमा नेपालमाथि भुटानले ३-० जित निकालेको हो।


ADVERTISEMENT


हारसँगै यसअघिका दुई संस्करणको च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। आइतबार नेपालविरुद्ध भुटानका योन्सोले ४० मिनेट, केल्जाङले ८६ मिनेट र कर्मा सोनामले ९० मिनेटमा गोल गरे।


ADVERTISEMENT

# # #


यसअघि समूह ‘ए’ मा रहेको नेपालले शुक्रबार भएको आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो। नेपालको समूह चरणको खेल सकिदा १ अंक छ। अन्तिम खेल खेल्न बाँकी भुटानको ३ र माल्दिभ्सको १ अंक छ।

अबको मंगलबार हुने माल्दिभ्स र भुटानबीचको खेलपछि सेमिफाइनलमा पुग्ने २ टिमको टुंगो लाग्नेछ। सो खेलमा माल्दिभ्सले भुटानलाई ४ गोल गोल हाने नेपाल र माल्दिभ्स अन्तिम चारमा पुग्नेछन्। भुटानले माल्दिभ्समाथि ४ गोलको जित हात पारे पनि नेपालको सम्भावना हुनेछ। बराबरीमा खेल सकिए नेपाल बाहिरिनेछ।

समूह ‘बी’ मा भारत, श्रीलंका र बंगलादेश छन्। समूहको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ३-० ले हराएको थियो।