काठमाडौँ – एनआईसी एशिया बैंकका ग्राहकले भाटभटेनी सुपरमार्केटमा कपडा खरिद गर्दा विशेष छुट पाउने भएका छन् । आइतबार एनआइसी एशिया बैँक र भाटभटेनी सुपरमार्केटबीच सम्झौता भएको हो ।


ADVERTISEMENT


सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार एनआइसी एशियाका ग्राहकले बैँकको डेबिट एवं क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत रकम वा अधिकतम १ हजार रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यसका साथै यस बैंकमा खाता नभएकाहरुले भाटभटेनी सुपरमार्केटमा रहेको एनआईसी एशिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोल्न सक्नुेर इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । आश्विन ८ गतेदेखि कात्र्तिक १६ गतेसम्म लागू हुने यो योजनाबाट ग्राहकहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

बैंकले मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।