काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराको राजीनामा बारे प्रश्न उठाएको छ । कांग्रेसले सभामुखको राजीनामा स्पष्ट हुनुपर्ने बताएको हो ।


ADVERTISEMENT


मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महराले राजीनामा पत्रमा ‘छानबिनको अवधिसम्मका लागि राजीनामा दिइएको’ उल्लेख गरेको प्रति आपत्ति जनाएका हुन् । ‘उहाँले राजीनामा दिनुभएको हो कि कार्यबहाक दिनु भएको हो ?’ प्रवक्ता शर्माले प्रश्न गरे, ‘उहाँले समय किटान गरेर राजीनामा दिनुभएको छ, छानबिन नसकिएसम्म । छानबिन प्रक्रिया एक वर्षसम्म लम्बियो भने संसद सभामुखविहीन बनाउने ?’


ADVERTISEMENT

# # #


विदेश जाँदा कार्यबाहक दिएजस्तो फलानो मितिसम्मलाई भनेर दिएको राजीनामा प्रति कांग्रेसको विमत्ति रहेको उनले बताए । राजीनामा भनिएको विषयलाई प्रष्ट र परिष्किृत ढंगले ल्याउनुपर्ने उनले बताए ।

संसदकी एक कर्मचारीले महराले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएपनि महराले मंगलबार सभामुखबाट राजीनामा दिएका थिए ।