• तारानाथ लुईटेल, नेता, राप्रपा संयुक्त

अहिले देश दर्दनाक अबस्थामा छ । नेपालीहरुले अहिले नेकपालाई दुई तिहाईको सरकार बनाउने गरी जनताले भोट त हाले तर यही दुभाग्य भयो । यो बेला नेपाली काँग्रेसले समेत प्रतिपक्षीको भूमिका निभाएन ।


ADVERTISEMENT


काण्डै काण्डको मूलुकमा नेपाली जनतालाई सरकारले ढाटिरहेको छ । यसरी हेर्दा देशमा पार्टी व्यवस्था फापेन । यो व्यवस्थाले देशलाई न्याय दिएन । अब नेपालमा एकात्मक सरकारको आवश्यकता छ । अब राजा र प्रजातन्त्र सहितको एकात्मक  सरकार चाहिन्छ ।


ADVERTISEMENT

# # #


यो दुखको दशैमा सबैले जे जस्तो भए पनि सुखले दशै मनाउ र यस पछि भने राजतन्त्र र हिन्दु  राष्ट्र सहितको प्रजातन्त्रका लागि आन्दोलनमा जानुपर्छ । त्यसका लागि तयार बनौं ।

जनतालाई विकास छैन, गाँस बास छैन , तर राज्यमा सबै तिर लुटतन्त्र छ । यो सबै बेतिथि हटोस ।

म सबै नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई बिजया दशमीको हार्दिक मँगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।