काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको हत्या गरेका छन् । तामाङले गए राति ११ः०० बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ ।

टाउकोमा पिक प्रहारपछि गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा शनिबार बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको भकुण्डे प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक अशोक महतोले जानकारी दिए ।
उनका अनुसार घटनापछि भाग्ने क्रममा वियजलाई शुक्रबार राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।


ADVERTISEMENT

# # #


प्रतिकृया

प्रतिकृया