दाङ । दाङका केही स्थानीय तहले तलब खुवाउन नसकेपछि शिक्षक तथा कर्मचारीहरुको दशैं खल्लो भएको छ । गढवा गाउँपालिकाका शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरुले दशैंको षष्ठीसम्म पनि तलब पाएनन् । फूलपातीबाट सार्वजनिक विदा भएकाले अब उनीहरुले दशैंमा तलब भत्ता पाउने सम्भावना सकिएको छ ।
दाङको गढवा गाउँपालिकामा करिब २८ सरकारी विद्यालयमा ३ सय जति शिक्षक कार्यरत छन् । शिक्षकहरुले चौमासिक (चार महिनाको एकमुष्ट) तलब बुझ्छन् । दशैंको बेला एक महिनाको तलब बराबरको भत्ता पनि थपिन्छ । तर, बैंक खातामा पैसा नआएपछि शिक्षक तथा कर्मचारीहरु निराश छन् ।


ADVERTISEMENT


गढवा गाउँपालिकामा वास्तविक कारण जनप्रतिनिधिबीचको लफडा भएकोले बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच विवाद हुँदा रातो किताब प्रकाशनमा ढिलाइ भएकाले तलब निकासामा ढिलाइ भएको एक कर्मचारीले बताए।


ADVERTISEMENT

# # #


संघीयता लागू भएपछि विद्यालय तहको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । शिक्षकहरुलाई तलबभत्ता खुवाउने जिम्मेवारी पनि उनैलाई छ ।

तर, दशैंको मुखमा तलब भत्ता नपाउँदा धेरै शिक्षकहरु मर्कामा परेको छन्। ‘जनप्रतिनिधि आपसमा लड्दा ‘यसपालिको दशैं खल्लो हुने भयो एक शिक्षक बताए।

दाङका गढवा, राजपुर, राप्ती गाउँपालिका र प्युठानका केही स्थानीय तहले पनि तलब खुवाउन नसकेको जानकारी आफूले पाएको उनले बताए । तलबसमेत खुवाउन नसकेकाले स्थानीय तहले शिक्षाको जिम्मेवारी राम्रोसँग निर्वाह गर्न सक्दैनन् भन्ने देखिएको उनको ठम्याइ छ ।