काठमाडौँ, फाल्गुन १८ ।   सिरियामाथि प्रतिबन्ध लगाउने राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव रुस र चीनले भिटो प्रयोग गरि असफल पारेका छन् ।


ADVERTISEMENT


परिषदले रासायनिक हतियार प्रयोग गरेको भन्दै सिरियामाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेको थियो । परिषदका स्थायी राष्ट्र रुस र चीनले प्रतिवन्ध लगाउदा समस्या झन चर्कने भन्दै भिटो प्रयोग गरेका हुन् । यी दुइ राष्ट्र विगतदेखि नै सिरियाली सरकारको पक्षमा रहेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि सिरियाली सरकारका पक्षमा रुसले सात र चीनले ६ पटक भिटो प्रयोग गरिसकेका छन् । सन् २०१३ मा आफुसँग भएका रसायनिक हतियार नष्ट गर्न सहमत भएको सिरियाले त्यसको प्रयोग गरेर युद्ध अपराध गरेको राष्ट्रसंघको आरोप छ ।

राष्ट्रसंघले गरेको अध्ययन अनुसार बशर अल असदको सरकारले सिरियामा सन् २०१४ र २०१५ मा क्लोरिन नामक रासायनिक हतियार प्रयोग गरेको थियो ।