काठमाडौं – पहिलो दक्षिण एसियाली यू-१६ नेटबल च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुने भएको छ ।


ADVERTISEMENT


च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने छ । च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने नेपाल नेटबल संघका अध्यक्ष मोहनबहादुर बस्नेतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा कार्तिक ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउन पाँच वटै राष्ट्रका खेलाडी नेपाल आइसकेको बस्नेतले जानकारी दिए । उनले प्रतियोगिता सञ्चालनका लागि मलेसिया, भारत, श्रीलंका र पाकिस्तानका निर्णायक पनि आइसकेको बताए ।

महिला सशक्तिकरणका लागि आयोजना हुन लागेको च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा नभएको संघका महासचिव दीपक लामाले जानकारी दिए । च्याम्पियनसिपका लागि नेपालले विगत दुई महिनादेखि तयारी गरिरहेको पनि लामाले बताए ।