काठमाडौँ – जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका सांसद प्रमोदकुमार साहलाई जिल्ला अदालत धनुषाले साधारण तारेखमा छोडेको छ।


ADVERTISEMENT


न्यायाधीश तेज नारायण पौडेलको इजलासले उनलाई साधारण तारेखमा छोडेको हो। बुधवार उनीमाथि अनुसन्धान गर्न अदालतले ४ दिने म्याद दिएको थियो।


ADVERTISEMENT

# # #


मंगलबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका सांसद साहविरुद्ध हवाई यातायातसँग सम्बन्धित व्यक्तिको सुरक्षाविरुद्धको कसुरमा मुद्दा दायर गरिएको थियो ।

उनले गैरसैनिक हवाइ उडानसम्बन्धी कसूर गरेको प्रमाणित भए ५ देखि १० वर्षसम्मको कैद हुन सक्ने व्यवस्था छ। राष्ट्रिय जनता पार्टी (राजपा) सांसद साह सर्लाही क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् ।