एजेन्सी – भारतीय अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । कलेजोमा समस्या देखिएपछि तीन दिनदेखि अमिताभलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


ADVERTISEMENT


उनको स्वास्थमा एकाएक समस्या देखिपछि मंगलबार २ बजे अस्पताल पुर्याइएको टाइम्स अफ इण्डियाले जनाएको छ। उनलाई आईसियू जस्तै छुट्टै कोठामा राखिएको र आफ्नो परिवारबाहेक अरु कसैलाई भेट्न दिइएको छैन।


ADVERTISEMENT

# # #


बच्चनलाई छिट्टै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ। सन् १९८२मा कार दुर्घटना हुँदा उनलाई हेपाटाईटिस बी भाइरसको संक्रमण भएको थियो।