काठमाडौं – नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक ७ गते बस्नेछ । बैठकमा मंसिर १४ गतेका लागि निर्धारित उपनिर्वाचनबारे छलफल हुनेछ ।


ADVERTISEMENT


नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई उपस्थितिको लागि आग्रह गरिएको जानकारी दिउ। बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह दुई बजेदेखि बस्नेछ ।


ADVERTISEMENT

# # #


असोज दोस्रो साता बसेको बैठकमै छलफल हुने भनिएपनि नेपाल लोकतान्त्रिक फोरमसँगको समायोजन प्रकृया टुंग्याउँदै उपनिर्वाचन सम्बन्धी छलफल कार्यसूचीबाट अर्को बैठकका लागि सारिएको थियो ।