काठमाडौँ – क्रिकेटर सर्फराज अहमेद पाकिस्तानी टिमको कप्तानबाट बर्खास्त भएका छन् । पाकिस्तान क्रिकेट बोर्डले सर्फराजलाई टेष्ट र टी–२० अन्तर्राष्ट्रिय फर्म्याटमा कप्तानबाट हटाएको हो ।


ADVERTISEMENT


क्रिकेटसम्बन्धी वेबसाईट क्रिकइन्फोका अनुसार खराब र्फमका कारण नोभेम्बर–डिसेम्बरमा पाकिस्तानी टिमको अस्ट्रेलिया भ्रमणपूर्व सर्फराजलाई हटाइएको हो । उनको स्थानमा अजहर अलीलाई टेष्ट र बाबर आजमलाई टी–२० अन्तर्राष्ट्रियमा कप्तान बनाइएको छ ।


ADVERTISEMENT

# # #


सर्फराजको बहिर्गमनसंगै पाकिस्तानी टिमले नयाँ कप्तान, नयाँ प्रशिक्षक र नयाँ प्रमुख छनोटकर्ता पाएको छ । छोटो फर्म्याटका लागि अनुपयुक्त मानिने सर्फराजको कप्तानीमा पाकिस्तानले भर्खरै आफ्नै मैदानमा श्रीलंकाविरुद्ध टी–२० सिरिजमा ३ ० को हार ब्यहोरेको थियो ।