पाकिस्तानमा बस–भ्यान ठोक्किँदा ११ जनाको मृत्यु, ७ घाइते
एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तूनख्वामा सोमबार बिहान भएको भीषण सडक दुर्घटनामा कम्तीमा ११ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । दुर्घटना स्वात एक्सप्रेसवेको इस्माइला इन्टरचेन्ज क्षेत्रमा भएको हो । उद्धार अधिकारी र मोटरवे प्रहरीका अनुसार रावलपिन्डीबाट दिरतर्फ जाँदै गरेको यात्रुवाहक भ्यानले सडक किनारमा रोकिएको यात्रुवाहक बसलाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्कर अत्यन्त शक्तिशाली भएकाले भ्यानको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार दुर्घटना बिहान सबेरै भएको थियो। बस कराँचीबाट बुनरतर्फ यात्रु बोकेर गइरहेको थियो । केही प्राविधिक वा विश्राम सम्बन्धी कारणले बस सडक किनारमा रोकिएको अनुमान गरिएको...
Read More

























