Author: Himalaya Post

एभरेष्ट कलेजले नयाँ विद्यार्थीलाई स्वागत, सन् २०२१ ब्याचलाई बिदाइ

ललितपुर- ललितपुरको सानेपा स्थित एभरेष्ट इन्जिनियरिङ कलेजले सन् २०२५ शैक्षिक सत्रका भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम तथा सन् २०२१ ब्याचका विद्यार्थीहरूका लागि बिदाइ कार्यक्रम आज प्रज्ञा भवन, कमलादिमा सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नेपालका इन्जिनियरिङ र आर्किटेक्चर विधाका परामर्शदात्री निकायहरूको साझा संस्था स्काफ-नेपालका अध्यक्ष इन्जिनियर ठाकुर प्रसाद शर्मा प्रमुख अतिथिको रूपमा उपस्थित भई कार्यक्रमको उद्घाटन गरेको थियो। उद्घाटन मन्तव्यमा इन्जिनियर शर्माले नवआगन्तुक विद्यार्थीहरूलाई अनुशासित हुन र पढाई सकिएका विद्यार्थीहरूलाई आफ्नो तथा कलेजको व्यावसायीक प्रतिष्ठा उच्च हुने गरी काम गर्न सुझाव दिए । कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, चेस तथा डोरीतान्ने (टग-अफ-वार) लगायत विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र...

Read More

सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय पुग्यो

काठमाडौं – सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो । महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि आज बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँ पुगेको छ । हिजो आइतबार...

Read More

भक्तपुर अस्पताल देशैभरीकै उत्कृष्ट, न्युनतम सेवा मापदण्डमा ९३ अंक

काठमाण्डाैं – भक्तपुर अस्पताल देशभरीकै उत्कृष्ट अस्पताल घोषणा भएको छ । न्युनतम सेवा मापदण्डमा देशभरीका बी लेभल १०० देखि ३०० शैया सम्मका अस्पतालहरुमा भक्तपुर देशभरकीकै उत्कृष्ट भएको अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले जानकारी दिए । उनका अनु्सार गत वर्ष अस्पतालले ९० अंक ल्याएर देशभरीमै उत्कृष्ट भएको थियो भने यस वर्ष ३ अंक सुधार गर्दै ९३ अंक ल्याएर देशभरीकै उत्कृष्ट भएको हो । बिहीबार अस्पतालमा आयोजित न्युनतम सेवा मापदण्ड तथा क्लिनिकल अडिटको समिक्षा कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालय बागमतीका निर्देशक डा. नरेन्द्र कुमार झा ले अस्पतालका कर्मचारीहरुको लगनशीलता र मेहनतले भक्तपुर अस्पताल उत्कृष्ट भएको बताए । उनले आगामी दिनहरुमा अस्पतालले...

Read More

एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

भक्तपुर – नेकपा (एमाले) को केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई जिम्मेवारी दिइएको छ । एमालेले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनसमेतलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई सथानीय तहकेन्द्रित र जनसङ्गठनको इञ्चार्जको जिम्मेवारी दिएको छ । एमालेका अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा सम्पन्न सचिवालय बैठकमा प्रस्तुत सो प्रस्तावमाथि आएका सुझावलाई ध्यान दिएर महासचिव पोखरेलले अध्यक्षको परामर्शमा आवश्यक परिमार्जन गर्ने र अध्यक्षले अन्तिमरूप दिई सर्कुलर पठाउने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । तीन दिनसम्म चलेको बैठकको अन्तिम दिन अध्यक्ष ओलीले सम्बोधन गर्दे पार्टीमा एकता कायम राख्न आग्रह गरेको थियो । बैठकले...

Read More

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की – पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन सफल भएको छ । बजारको मध्यभाग भएर बग्ने यस खोलाको अतिक्रमण हटाउने योजना अघिल्लो कार्यकालकै जनप्रतिनिधिको थियो । तत्कालीन प्रमुख मानबहादुर जिसीले डोजर चलाएर सुरुआतसमेत गरेको थियो । तर त्यो काम एक दिनपछि अघि बढ्न सकेन । फिर्के मापदण्डको विरोधमा स्थानीयले न्यायालयसम्म गुहारेका थिए । यसलगायत विविध कारणले अतिक्रमण हटाउने प्रयास सफल हुन सकेको थिएन । अहिले भने पोखरा महानगरपालिकाले सङ्घीय सरकारको समेत बलियो साथ पाएपछि फिर्केको खोलाघर हटाउने कार्य आइतबारदेखि सुरु गरेको । पहिलो दिन शान्तिपूर्ण रुपमा सो कार्य सम्पन्न भयो । खोलघरमा निजी÷व्यक्तिगत स्थायी ३५ र...

Read More