Author: Himalaya Post

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

गण्डकी – गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । अपराह्न २ः०० बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ ५ गते बजेट अधिवेशन आह्वान गरेको थियो । वर्षे अधिवेशनका रूपमा समेत लिइने बजेट अधिवेशनमा प्रदेश सरकारको आगामी आवको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत...

Read More

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

बागमती- बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेको हो । वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ...

Read More

रास्वपाको राष्ट्रिय महाधिवेशन तयारी तीव्र, कार्यतालिका सार्वजनिक

  काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनलाई व्यवस्थित र समयबद्ध रूपमा सम्पन्न गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको हो । सार्वजनिक गरिएको कार्यतालिका अनुसार जेठ १५ गतेभित्र प्रदेश तथा जिल्ला तहमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने उल्लेख गरिएको छ । त्यसपछि सदस्यता अद्यावधिक, प्रतिनिधि छनोट तथा संगठन विस्तारका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ । रास्वपाले महाधिवेशनलाई प्रविधिमैत्री बनाउन इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने तयारीसमेत गरेको बताएको छ । पार्टीका नेताहरूले पारदर्शी र व्यवस्थित निर्वाचन प्रक्रिया अपनाउने उद्देश्यले नयाँ प्रविधिको प्रयोग गर्न...

Read More

पाँचखालमा साप्ताहिक कृषि हाटबजार

काभ्रेपलाञ्चोक – पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ । शुक्रबारदेखि हरेक शुक्रबार र शनिबार दुई दिन हाटबजार सञ्चालनमा ल्याइएको हो । पाँचखाल नगरपालिकाको आयोजना, स्थानीय कृषि बजार सञ्चालक, व्यवस्थापन समिति पाँचखालको सहआयोजना तथा पाँचखाल–४ नं वडा कार्यालयको समन्वयमा हाटबजार सञ्चालनमा ल्याइएको हो । पाँचखाल–४ का वडाध्यक्ष सुन्दर लामाले कृषि उपज सङ्कलन तथा पाँचखाल चोकस्थित बोहोरेदोभान जाने बाटोमा बजार सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँका अनुसार कृषि हाटबजारमा किसानले आफ्ना उत्पादनहरू सोझै उपभोक्तालाई बेच्न सक्नेछन् । पाँचखालमा हाटबजार सञ्चालनपछि बिचौलियाको समस्या टर्दै जाने तथा किसानको भाउअनुसार उपभोक्ताले पनि सस्तोमा तरकारीलगायत कृषिजन्य उत्पादन खरिद गर्न पाउने जनाइएको छ । पाँचखालमा...

Read More

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा. लामा सम्मानित

काठमाडौँ – म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ डा .ल्हारक्याल लामा० सम्मानित हुनुभएको छ । बौद्ध धर्मको शुद्धता, संरक्षण तथा विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँलाई सम्मान गरिएको हो । नेपालका लागि म्यानमारका राजदूत थान्त सिनले शुक्रबार काठमाडौँको साँखु–शङ्करापुर नगरपालिका–८ स्थित न्गाग्युर पल्युल लिङ मोनेस्ट्री, मणिचुडमा आयोजित विशेष समारोहबीच उहाँलाई सम्मान प्रदान गर्नुभएको हो । म्यानमार सरकारले प्रत्येक वर्ष बुद्ध धर्मको शास्त्रीय अध्ययन, साधना अभ्यास तथा बुद्ध शासनको संरक्षण र प्रवद्र्धनमा विशिष्ट योगदान दिने भिक्षु, भिक्षुणी तथा श्रद्धालु व्यक्तित्वहरूलाई विभिन्न धार्मिक सम्मान प्रदान गर्दै आएको छ । कार्यक्रममा म्यानमारका राजदूत, उपप्रमुख डीसीएम तथा प्रथम सचिव,...

Read More