Author: Himalaya Post

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

म्याग्दी – अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम स्थल हो । समुुन्द्री सतहदेखि दुई हजार मिटर उचाइको पहाडी पाखामा गुजमुज्ज परम्परागत शैलीका ढुङ्गे घरहरु रहेको लेकगाउँले ‘ मगर सङग्रालय’ को पहिचान बनाएको छ। करिब एक सय परिवारको बसोबास रहेको लेकगाउँमा सबै मगर समुुदायका मानिसहरु बसोबास गर्छन् । अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले सयौँ वर्षअघि स्थानीय सीपको प्रयोग गरेर निर्माण गरिएका मौलिक घरहरु भएको लेकगाउँमा परम्परागत मगर जीवनशैली र संस्कृति जीवित रहेकाले बस्तीलाई नै ‘मगर म्युुजियम’ भनिएको बताउनुभएको  छ। संस्कृतिसँगै लेकगाउँ प्राकृतिक रुपमा सुुन्दर र रमणीय छ । लेकगाउँको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी...

Read More

जेठ १५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ आयोजना हुने

काठमाडौं – काठमाडौंमा आगामी जेठ १५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ आयोजना हुने भएको छ । आईतबार काठमाडौमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिइएको हो । आयोजकका अनुसार आठ दिने कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरणअन्तर्गत जेठ १५ देखि २० गतेसम्म लेखकहरूको कार्यशाला सञ्चालन हुनेछ भने दोस्रो चरणमा जेठ २१ र २२ गते साहित्य महोत्सव आयोजना गरिनेछ । कार्यशालामा विश्वप्रसिद्ध कवि, लेखक तथा प्रशिक्षकहरूले कविता, संस्मरण, हाइकु, फ्ल्यास फिक्सनलगायत विभिन्न विधामा प्रशिक्षण दिने जनाइएको छ । लेखनमा अड्किएका स्रष्टाहरूलाई सिर्जनात्मक रूपमा अघि बढाउन कार्यशालाले सहयोग गर्ने आयोजकको भनाइ छ ।...

Read More

Warning: count(): Parameter must be an array or an object that implements Countable in /srv/users/serverpilot/apps/himalayapost/public/wp-content/themes/HPOST1/includes/template-tags.php on line 54
नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ; मुख्यमन्त्री पाण्डे

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ; मुख्यमन्त्री पाण्डे

गण्डकी-  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउँदै अघि बढ्नुपर्ने बताउनुभएको छ । गणेशमान फाउन्डेसन गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित समसामयिक भूराजनीतिक विषयक अन्तक्र्रियामा उहाँले शक्ति राष्ट्रबीच भइरहेको द्वन्द्वका कारण विश्वको सामाजिक, आर्थिक क्षेत्र प्रत्यक्ष प्रभावित रहेको बताउनुभयो । विश्व परिवेश तीव्र रूपमा परिवर्तन भइरहेका बेला नेपालले सन्तुलित कूटनीतिक अपनाउँदै आर्थिक, सामाजिक र राजनीतिक स्थायित्व कायम गर्नुपर्ने जोड दिँदै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “राष्ट्रिय हितको संरक्षणका लागि सम्पूर्ण नेपाली एकताबद्ध हुनु अपरिहार्य छ ।” फाउन्डेसनका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले नेपालको स्वतन्त्रताको आन्दोलनमा गणेशमान सिंहले गर्नुभएको योगदान अतुलनीय भएको बताउनुभयो । व्यक्तिगत स्वार्थको पछि...

Read More

जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, शृंखलाबद्ध हत्या र ऐतिहासिक थिचोमिचो विरुद्ध विद्रोह प्रतिरोधात्मक प्रदर्शन

काठमाडौं – जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, शृंखलाबद्ध हत्या र ऐतिहासिक थिचोमिचो विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विद्रोह प्रतिरोधात्मक प्रदर्शन भएको छ । जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको सो र्‍यालीमा सहभागीहरुले हाम्रो श्रम चल्ने, रगत र पसिना चल्ने तर हाम्रो छोराले छोरी मन पराउँदा खोलामा बगाइने बर्बर जातिवादी मानसिकताको अन्त्य विना लोकतन्त्र अधुरो छ लगायतका प्लेकोर्ड बोकेर प्रदर्शन गरेका थिए । देशैभरबाट उत्पीडित नागरिक, बौद्धिक समुदाय र मानवअधिकारकर्मीहरू सहभागी भएकाछन छन् । यो ऐतिहासिक विद्रोह दिवसको घोषणा ६ वर्षपहिले प्रेम विवाहकै कारण रुकुम सोतीमा निर्मम र अमानवीय रूपमा मारिएका नवराज विक लगायत ६...

Read More

‘बहाल–बहिल’ संस्कृतिको पुनरूत्थानमा काव प्रमुख डङ्गोलको प्रतिबद्धता

काठमाडौँ – काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बौद्ध परम्परतामा आधारित ‘बहाल–बहिल’ संस्कृति गौरवपूर्ण इतिहास भएकाले तिनीहरुको पुनरूत्थान गरिने बताउनुभएको छ । नेपाल मण्डल लिटरेचर कल्चरल ट्रष्टले आज आयोजना गरेको ‘बहाल–बहिल संस्कृति सामाजिक अध्ययन’ विषयक गोष्ठीमा कार्यवाहक प्रमुख डङ्गोलले काठमाडौँभित्र भएका बहाल–बहिलहरूको वस्तुगत परिस्थिति र सामाजिक पक्षहरूका विषयमा अध्ययनले थप उजगार गरेको बताउनुभयो । काठमाडौँ भित्र भएका १६ वटा बहिलमध्ये अहिले कतिवटा बहिलहरु नाम छ तर ती बहिलका संस्कृति, परम्परा र रीतिरिवाजहरूको अभिलेख नासिँदै गएको अवस्था छ । डङ्गोलले बहाल–बहिलका संस्कृति, परम्परा र रीतिरिवाजहरूको अभिलेख तयार गर्दै पुनरुस्थानसहित हस्तान्तरण, पुस्तान्तरणका लागि पनि योजना बनाएर अघि बढ्न सुझाव दिनुभयो ।...

Read More