Author: Himalaya Post

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

सुर्खेत – पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको निर्माणले गति लिएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा तीन पुलहरू निर्माण हुन गइरहेका हुन् । जाजरकोट–जुम्ला सडकखण्डभित्र पर्ने छेडागाड नगरपालिका–१० र ११ को बीचमा रहेको लम्तीखोलामा पक्की पुल निर्माणको काम सुरु भएको छ । २५ मिटर लामो पुल निर्माण कार्य सुरु भएपछि यहाँका स्थानीयवासी खुसी भएका छन् । रु तीन करोड ४२ लाख १० हजार ६१२।२२ मा बजरङ्गा ग्लोरियस एमबिएस जेभी काठमाडौँले उक्त ठेक्का लिएको छ । विसं २०८३ वैशाख २ गते सम्झौता भई २०८५ वैशाख २ गते निर्माण कार्य पूरा गर्ने गरेर कामको सुरुआत गरिएको छ । यो...

Read More

फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ : नैनसिंह महर

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशद्वारा आयोजित वृहत एकता तथा जागरण कार्यक्रममा नेपाली कांग्रेसका युवानेता नैनसिंह महरले पार्टीभित्रको एकता, विश्वास र सहकार्यलाई समयको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्। फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ भन्दै महरले नेपाली कांग्रेस कुनै सामान्य राजनीतिक दल नभई लोकतन्त्र, त्याग, बलिदान र जनताको आशाको केन्द्र भएकोले पार्टी भित्र बृहत एकताका साथ १५ औ माहाधिवेशनमा होमिनुको बिकल्प नभएको बताए। उनले भने,कांग्रेस केवल चुनाव जित्ने संगठन होइन, यो लोकतन्त्र बचाउन हजारौं मानिसले जेल बसेको, रगत बगाएको र बलिदान दिएको आन्दोलनको विरासत हो। यस्तो पार्टी कमजोर हुनु भनेको लोकतान्त्रिक मूल्य कमजोर हुनु हो।...

Read More

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

टीकापुर – गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम टीकापुरमा सुरु भएको छ । टीकापुर नगरपालिकाको सहयोगमा सामुदायिक पशु–चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिले नौदिने तालिम आयोजना गरेको हो । तालिममा ५० जना स्थानीय महिला सहभागी छन् । तालिम शुभारम्भ गर्दै प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीले गोबरको प्रयोग गरी आर्थिक आत्मनिर्भर हुनाका साथै महिलालाई घरमै बसेर आयआर्जन गर्ने माध्यम बन्ने भएकाले तालिम उपयोगी हुने बताउनुभयो । गाई संरक्षण गरी आयर्जनका कार्य पनि गर्न थालेकामा गौशाला व्यवस्थापन समितिलाई धन्यवाद दिनुभयो । “गोबरबाट जैविक मल, बायोग्यास, गुइँठा, कम्पोष्ट मल बनाउने काम गरिरहनु भएको थियो”, उहाँले भन्नुभयो, “आउँदा दिनमा वातावरणमैत्री गोबरका गमला,...

Read More

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी-  प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना उजागर गर्न र समस्या पहिचान गरी त्यसलाई सुल्झाउने प्रयास सुरु गरिएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलाको सम्भावना उजागर, समस्या समाधानका लागि साझा मुद्दा तय गरी जिल्ला, प्रदेश, सङ्घीय तहमा पहल गर्ने उद्देश्यले आइतबारदेखि सुरु भएको पर्यटन प्रर्वद्धन कार्यक्रम दुई दिनसम्म चल्नेछ । समुद्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको र ढोरपाटन सिकार आरक्षमा समेटिएको जलजला म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं २ को भूगोलमा पर्छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले ढोरपाटन र जलजलाबाट म्याग्दीले लाभ लिने वातावरण सृजना गराउने उद्देश्यले म्याग्दीका जनप्रतिनिधि, निजी क्षेत्र, स्थानीय...

Read More

नागरिकका समस्यालाई सरकारले सम्बोधन गर्छ ; शिक्षामन्त्री पोखरेल

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानीलगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद एवं मन्त्री पोखरेलले निर्वाचनका दौरानमा महिनामा एउटा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने घोषणा गरिएअनुरूप आज काठमाडौँ महानगरपालिका–४स्थित विशाल मिलन केन्द्रमा पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नुभएको हो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघिबढ्ने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो । उहाँले शिक्षा मन्त्रालयका...

Read More